मुगुको खत्याड गाउँपालिका कार्यालयमा बम

मुगु , जिल्लाकाे खत्याड गाउँपालिका कार्यालयमा बम फेला परेकाे छ ।गाउँपालिका कार्यालयको मुल ढोकामै सकेट जस्तै देखिने बम भेटिएको हो । बम कस्ले र किन राख्यौ भन्ने अझै खुल्न सकेको छैन् । बम नेत्रबिक्रम चन्द विप्लव नेतूत्वको नेकपाले राखेको हुन सक्ने प्रहरीको आशंका छ । गाउँपालिकाको मुल ढोकामै बम भेटिनुले सुरक्षा चुनौती वढेको स्थानियले वताएका छन् । बम राखिएको स्थान भन्दा ३० मिटर टाढा अस्थाइ प्रहरी चाैकी रहेकाे छ ।उक्त ठाउँलाई प्रहरीले घेराहालेर राखेको छ । जिल्लाबाट अादेश अाएपछि बम निश्क्रिय पार्न सकिने प्रहरीले जनाएकाे छ