तरकारीको माला भिरेर सडकमा सरकारको बिरोध
प्रकासित मिति : २०७६ असार २२, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं ,भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर सरकारले नेपाली जनताको स्वास्थ्यप्रति खेलबाड गरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध जनाएको छ। विरोधका क्रममा आइतबार बिहान विद्यार्थी संघले विरोधस्वरुप र्याली निकालेको हाे ।

सरकारले नेपाली जनतालाई विषादीयुक्त आयातित तरकारी र फलफूल खुवाउन बाध्य पारेको भन्दै विद्यार्थीले भृकुटीमण्डपस्थित वाल्मिकी क्याम्पसबाट पुतली सडकसम्म विरोधस्वरुप र्याली निकाले।
उनीहरुले नाकामा तरकारी र फलफूलमा विषादी परीक्षण किन रोकियो सरकार? राष्ट्रवाद कता हरायो?,ब्यान दिस प्वाइजन भेजिटेबल्सलगायत लेखिएका विभिन्न प्लेकार्ड बोकेर र्यालीमा सहभागी भए।
र्यालीमा कतिपय विद्यार्थीले आ-आफ्ना घाँटीमा लौका झुन्ड्याएका थिए भने कतिपयले सिमी र काउली हातमा बोकेर सरकारको विरोधमा नारा लगाए।

