अवैध सम्बन्ध लुकाउन बुहारीले सासुलाई चक्कु हानेपछि…

बीरगञ्जमा एकजना ३० वर्षीय महिलाले आफ्नो अवैध सम्बन्ध खुल्ने भएपछि ५५ वर्षीय सासुको हत्या प्रयास गरेकी छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कालिकामाई गाउँपलिकाकी ५५ वर्षीय राजपति देवी महरालाई शनिबार अपरचित ब्यक्तिहरुले चक्कु प्रहार गरेका थिए। उनको टाउकोमा चक्कु प्रहार भएको थियो।

प्रहरी अनुसन्धानमा उनलाई चक्कु प्रहार गर्ने घटनाकी मुख्य योजनाकार उनकै बुहारी इन्दुदेबी महरा भएको खुलेको हो।

प्रहरीले ईन्दुदेबीलाई नियन्त्रणमा लिएको एसपी सोमेन्द्रसिंह राठौरले बताए । उनका अनुसार आफ्नो अवैध सम्बन्धका बिषयमा सासुले थाहपाएपछि घटना भएको हाे।

घाइते राजपतिको बीरगञ्ज न्युरो अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।