विप्लवको कार्यदिशा रहस्यमय : वैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपालाई राजनीतिक व्यवहार गर्न सरकारसँग आग्रह गरेका छन्।

उनले मूठभेडको नाममा विप्लवका नेता तथा कार्यकर्ताको हत्या समेत भएको भन्दै उनीहरुप्रति राजनीतिक व्यवहार गर्न तथा समस्याको राजनीतिक निकास खोज्न खोज दिएका छन् । यद्यपि वैद्यले विप्लवको कार्यदिशा रहस्यमय भएको टिप्पणी गर्दै त्यसलाई सच्याउन विप्लवसँग आग्रह गरेका छन् ।

हालै सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकको शनिबार निर्णय सार्वजनिक गर्दै वैद्यले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्या झनै जटिल बन्न गएको निष्कर्ष निकालेको छ भने भारतीय हस्तक्षेप तीब्र भएको ठहर गरिएको छ ।

वैद्यले समान धारणा राख्ने राजनीतिक दलहरुसित कार्यगत एकता गरी सङ्घर्षका कामलाई विकसित तुल्याउने निर्णय समेत बैठकले गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन्।