पर्साको सुशील वनस्पति प्रालिमा भिषण आगलागी

पर्सा । पर्साको वीरगन्ज महानगरपालिका-२१ लिपनीविर्तास्थित सुशील वनस्पति प्रालिमा (शनिबार) बिहान करिब ३ बजे आगलागी भएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो । आगलागी नियन्त्रणको प्रयास भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्जका दमकल प्रयोग गरिएको छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय परिचालित छन् ।

आगलागी कसरी भएको हो भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन । राति उद्योगमा कोही नभएको बेला बिजुलीको तार सर्ट भई आगलागी भएको हुन सकिने प्रहरीको अनुमान रहेको छ ।