अपहरण, फिरौती र हत्या घटनामा संलग्न खान काठमाडौंबाट पक्राउ

काठमाडौं , प्रहरीको मोस्ट वान्डेट सूचीमा रहेका कपिल्वस्तुका नसिम खानलाई प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तुमा रही आधा दर्जन अपहरण, फिरौती र हत्या घटनामा संलग्न खानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शनिबार बिहान काठमाडौंको नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको हो।

सीआइबीका प्रमुख डीआइजी निरज शाहीकाअनुसार खान कपिलवस्तुमा ऋङ्खलाबद्ध घटना घटाई भारतमा लुकीछिपी बस्दै आएका थिए। कपिलवस्तु प्रहरीलेसमेत विशेष टोली बनाएर खानको खोजी गरिरहेको थियो।

सीआईबीले फरार अभियुक्त खोज्ने सिलसिलामा खानलाई राजधानीबाट पक्राउ गरेको हो। खानले पछिल्लो पटक २०७४ फागुनमा मोहम्मद रहमानको हत्या गरL फरार भएको प्रहरीको आरोप छ। रहमानसहित खानले आठ जनाको हत्या गरेको अरोप छ।