बाबुरामलाई छाडेर ओली,दाहालकहाँ पुगिन् पूर्वमन्त्री धमला

काठमाडौं ,पूर्वमन्त्री कल्पना धमला डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी छाडेर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छन्।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा धमलासहितका नेताहरुलाई पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले आज बिहान स्वागत गरे। संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीको एकता सम्मानजनक नभएको बताउँदै आएकी धमला नेकपामा प्रवेश गरेकी हुन्।

पूर्वमन्त्री धमलासँगै तत्कालीन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँलगायत केही व्यवसायी र गोरखाका नेता-कार्यकर्तासहित २० जना नेकपामा प्रवेश गरे।