लक्षित बर्गलाई ध्यान दिदै तिलागुफामा बितरण गरियो आधुनिक चुलो

अनुभुति गराउने बिकासे अभियानमा छौँ – उपमेयर दर्शना

कालिकोट,कालिकोटको तिलागुफा नगरपालिकाले लक्षित बर्गलाई केन्द्रित गरि निशुल्क दुई मुखे आधुनिक चुलो वितरण गरेको छ । नगरपालिकाको पहलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको पूर्ण अनुदानमा आधुनिक फलामे चुलो बितरण गरेको हो ।

धुवाँमुक्त नगरपालिका निर्माणको शिलशिलामा करिब १०२ ( दलित ) तथा बिपन्न घरपरिबारलाई चुलो बितरण गरेको तिलागुफा नगरपालिका उप मेयर दर्शना नेपालीले जानकारी दिइन ।

नेपालीका अनुसार निशुल्क चुलो पाएपछि स्थानिय खुसी भएका छन् । वर्षौदेखि धुवाँयुक्त चुलोमा जिवन गुर्जादै आएका तिलागुफाबासी पहिलो पल्ट चुलो पाउँदा निक्कै खुसी भएको बताइन ।

उनले  याे अभियान निरन्तर जारी रहने समेत बताइन । उप मेयर दर्शनाले समृद्भ र सुन्दर तिलागुफा निर्माणकाे अभियानमा रहेकाेले जनतालाइ अनुभुति हुने खालकाे बिकास गर्ने दावी गरिन ।