७६ बर्षिया बृद्धाले आँगनमै पाइन नागरिक्ताः भइन खुशिले गदगद

सेवकलाई दिईन आर्शिवाद !

कालिकोट, कालिकाेटकाे पचाल झरना गाउँपालिका वडा नं ६ बोलुगाउँकी ७६ बर्षीया धनपुरा बुढा र वडा नं ४ राम्नाकोटकी ७४ बर्षिया बृद्धा रामछिता रोकायाले बिहिबार पहिलो पटक नागरिकता प्राप्त गरेकी छन ।

पचालझरन गाउँपालिकाले आयोजना गरेको एकिकृत घुम्ति सेवाबाट २००१ सालमा जन्मिएकी  धनपुरा बुढा २००२ सालमा जन्मिएकी रामछिता रोकायले नागरिक्ता प्राप्त गरेकी हुन । उमेरले ७० बसन्त पार गरिसेकेकी द्धय बुद्धाले नागरिकता प्राप्त गर्दा खुशिको सिमा नरहेको बताइन ।

नागरिक्ता बुझदै द्धय बृद्धाले भनिन आफु यो उमेरमा भएपनि नागरिकता पाउदा खुशि लाग्याे । अझ त घरकाे अाँगनमै पाउदा  गदगद भएको बताइन । द्धय बृद्धाले बृद्धाबृद्धाको लागि गाउँपालिकाले राम्रो काम गरेको भन्दै  सबैको मन जित्न आशिर्वाद समेत दिइन ।

नागरिकता बितरण गर्दै गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले बृद्भबृद्भाका लागि गाउँपालिकाले सक्दाे सेवा गर्ने बताए । उनले सिंहदरबारकाे अधिकार गाउँगाउँमा पुगेकाे भन्दै अब कसैलाइ सेवाबाट बञ्चिन हुन नदिने समेत जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय कालिकाेटकाे समन्वयमा भएकाे २ दिने कार्यक्रममा गाउँपालिकाका अधिकतम सेवाग्रहिले सेवा लिएका थिए ।