अर्घाखाँचीमा जिप दुर्घटना, चालकसहित ३ जनाको मृत्यु

काठमाडौं, कपिलबस्तुबाट सन्धिखर्क जाँदै गरेको जिप केहीबेरअघि अर्घाखाँचीको पर्यटकिय स्थल सुपादेउराली नजिकै दुर्घटना भएको छ ।

लु १ ज १३२९ नम्बरको जिप सडकबाट खसेर खोल्सामा जाँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । चालक अर्घाखााची भूमिकास्थानका आन्दाजी ५० वर्षीय सुशान्त भुषाल रहेका छन् । अन्यको २ जना पुरुषको नाम ठेगाना खुलेको छैन् ।

११ जना सवार जिप सुपादेउरालीको मन्दिर र खाँचीखोला पुलको बिचमा पल्टिएर खोलामा पुगेको छ । घटनास्थलमा प्रहरी पुगेको छ तर गाडी खोलामा पुगेकाले उद्दारकार्यमा कठिनाई भएको प्रहरीले बताएको छ । जिप कृष्णनगर यातायातको हो । पाँच जना गम्भीर घाईतेहरुलाई उपचारको लागि बुटवल ल्याउँदै छ ।