अछाममा बस दुर्घटना : १५ जना घाईते

दुईको अवस्था गम्भिर

अछाम, अछामको साफेबगर नगरपालिका वडा न. २ अन्तर्गत पर्ने झकालेमा बस दुर्घटना भएको छ ।

बस दुर्घटना हुदा १५ जना घाईते भएका छन भने ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

महेन्द्रनगर बाट बाजुराका लागी छुटेको पवनदुत यातायातको ना ७ ख २५६४ नम्बरको बस सडक बाट करिब २५ मिटर तल खसेको छ । घाईतेहरुको उद्धार गरेर बयालपाटा अस्पताल लगीएको अछामका प्रहरी प्रमुख जनक बहादुर शाहीले वताउनु भयो ।

बस विपरित दिशाबाट आईरहेको अर्कोगाडीलाई साईड दिनेक्रममा सडकभासिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।