स्कुलको प्रागंनमै भेटियो २ वटा सकेट बम

सेनाको डिस्पाेजल टोली जाँदै

सिमकोट,हुम्लाको खार्पुनाथ गाउँपालिका-५ ताक्लामा रहेको बागेश्वरी आधारभूत विद्यालयमा दुईवटा सकेट बम भेटिएका छन्। बुधबार बिहान बागेश्वरी विद्यालयको खेल मैदान निर्माण गर्ने क्रममा ढुंगाको आडमा राखिएको अवस्थामा सकेट बम भेटिएको सोही विद्यालयका प्रधानाध्यापक गणेशबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार बिहान विद्यालय अगाडिको खेलमैदान मर्मत गर्ने क्रममा अचानक शंकास्पद वस्तु भेटिएको थियो । त्यसपछि विद्यालयले ठेहे प्रहरी चौकीलाई खबर गरेर काम स्थगन गरिएको थियो ।

खबर पाएपछि दोजाम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सिन्तामोणी पोखरेलको टोलीले निरीक्षण गर्दा पुराना दुईवटा सकेट बम रहेको प्रहरीले पुष्टि गरेको छ ।

सेनाको डिस्पाेजल टोली जाँदै

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार अहिले उक्त बम निस्क्रिय पार्न सिमकोटबाट नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ पठाइएको छ ।

प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइएको बताए । सकेट बम भेटिएको क्षेत्रमा स्थानीयलाई आवतजावतमा रोक लगाइएको छ ।