दलितका नाममा आएको सोलार गैर दलितलाई…!
जाजरकोट, जाजरकाेटकाे कुशे गाउँपालिकामा दलितका नाममा आएको सोलार गैर दलितलाई बितरण गरिएकाे पाइएकाे छ । गाउँपलिकाका बिभिन्न वडाका करिब ३ सय दलित तथा बिपन्न परिवारलाई निशुल्क रूपमा आएको सोलार सेट पार्टी समर्थकहरूलाइ मात्रै बितरण गरिएकाे हाे ।

साेलार सेट बितरण गर्दै गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत
गाँउपालिकाको पहलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले पूर्ण अनुदानमा सोलार प्रदान गरेपनि दलितका नाममा गैर दलित र नेपाली काँग्रेशका समर्थकहरूलाइ उपलब्ध गराएको भन्दै स्थानिय धने नेपालीले गाउँपालिकामा निबेदन समेत दिएकाे बताइएकाे छ ।
स्थानिय गाेरख नेपालीका अनुसार कुशे गाउँपालिका ४ का गोपि सिंह, कुशे ३ को महेश्वर पुन लगायतले सोलार बुझेको बताइएको छ । कुशे गाउँपालिका ३ को दतिउरम पार्टीगत रूपमा बितरण गरिएको नेपालीले बताए ।
उनले भने गाउँपलिकाकाले पार्टीगत रूपमा बितरण गरेकाे छ याे निन्दनिय छ । बिशेष गरि नेपाली काँग्रेश समर्थित दलित परिबारलाइ छानि छानि बितरण गरियो । यसले दुःखि बनाएकाे छ ।
यस्ताे भन्छन अध्यक्ष बस्नेत
गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले भने नियतमा कुनै खाेट नभएकाे बताएका छन । अध्यक्ष बस्नेतले फुललाइ काँडा देख्नेहरूलाइ सुझाइरहन जरूरत नभएकाे बताए । उनले वडाका अध्यक्षहरू मार्फत बुझाएकाे भन्दै कमजाेरी नभएकाे दावी गरे ।
अध्यक्ष बस्नेतले भने गाँउपालिकामा ६ सय ६० दलित परिवार छन्। तीमध्ये अति विपन्न तीन सय परिवारलाई सोलार वितरण गरेका छौँ’, ‘बाँकी परिवारलाई यसैवर्ष सोलारका लागि वैकल्पिक उर्जासँग आवश्यक पहल गर्छु।
वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले चालु आर्थिक वर्षमा कुशेमा तीन सय र बारेकोटमा तीन सय दलित परिवारका लागि निशुल्क सोलार प्रदान गरेको हो। २० वाटको सोलारको बजार मूल्य १० हजार पाँच सय पर्छ।