कुमार पौडेलको स्मृतिमा अछाममा श्रद्धाञ्जली सभा सम्पन्न

दमनका विरुद्ध सशक्त प्रतिरोधमा उत्रिने चेतावनी

अछाम, विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले गत असार ५ गते सर्लाहीमा मारिएका नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

जिल्लामा श्रदान्जली सभा कार्यक्रम गर्दै पौडेलको सम्झना र सम्मानमा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक र समर्थकहरुसहित श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै अछामका जिल्ला सचिबालय सदस्य सौगातले ५ गते झुठो मुठभेटको नाटक गरेर हत्या गरिएका सर्लाहीका इन्चार्ज कुमार पौडेल, भोजपुरमा हत्या गरिएका तिर्थ घिमिरेको रगतले यो दलाल पुँजीवादी सत्ताको जरा हल्लाउन सुरु गरेको बताए । उनले ब्यक्ति हत्यामा उत्रिएको सामाजिक फासिवादी सरकारको दमनबिरुद्ध आफ्नो पार्टी सशक्त प्रतिरोधमा उत्रने बताए ।

त्यसैगरी, उनले शहिदका सपना पूरा गर्न पुर्ण रूपले बलिदान गर्न तयार भएको बताए ।’ उनले अबको क्रान्तिमा आवश्यकता अनुसार हतियारको प्रयोग त हुने नै छ तर त्यो सकेसम्म सेना र प्रहरीको विरुद्ध हुने छैन भन्दै ओलीले जनताको अधिकार प्राप्तिका लागि लडिरहने बताए ।

कार्यक्रमको प्रमुख अथिती नेपाल कम्युनिस्ट पार्टी अछामकाका जिल्ला सचिबालय सदस्य र अध्यक्ष अम्मर सिँह, सञ्चालन रणदिप, मन्तब्य जिल्ला कमिटी सदस्यद्धय कमल, शमिर, दिपकुमार मल्ल लगायत अन्यपार्टीका प्रतिनिधिले राखेका थिए ।