संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभा,सिलिचोङ गाउँपालिका–१स्थित होयाङ्मा भन्ने ठाउँमा प्रहरी र विप्लव नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको छ। जिल्ला प्रहारी कार्यालय संखुवासभाका डिएसपी मिमबहादुर लामाले गोली हानाहान भएको पुष्टी गरे।

डिएसपी लामाका अनुसार सिलिचोङको होयाङ्मा भन्ने ठाउँमा प्रहरी विप्लव कार्यकर्ताको जम्काभेट भएपछि गोली हानाहान भएको हो। गोली हानाहानपछि विप्लव कार्यकर्ता भागेको प्रहरीले जनाएको छ।

करिब दुई मिनेट गोली चलेको सिलिचोङ गाउँपाकिलाको–१का वडाअध्यक्ष अलक्ष राईले जानकारी दिए। विहान साढे १० बजेतिर गोली पड्किएको आवज आएको उनले जानकारी दिए।