एकैछिन ! नजर घुमाउनुस र पुग्नुस बारेकोट (फोटो फिचर)
यी हुन अट्यास लाग्दा बारेकोटका अक्करे भिर
जाजरकाेट । जाजरकोटको बारेकोट गाँउपालिका दुर्गम गाँउपालिका मध्य एक हाे । हालसम्म सडक सञ्जालले नछाेएकाे बारेकाेट गाँउपालिकालाइ पूर्वमा डोल्पा, दक्षिणमा त्रिवेणी नलगाड नगरपालिका, उतरमा जुम्ला र पश्चिममा कुशे गाँउपालिकाले घेरेको छ । करिब १८०८३ जनसंख्या रहेको बारेकोटले आफनै पहिचान बाेकेको छ ।
बारेकोट गाउँपालिका जाजरकोट जिल्लाको उत्तर पूर्वमा रहेको गाउँपालिका हो । स्थानीय जीवनशैली, परम्परागत संस्कृति, प्राकृतिक स्रोत साधन, पर्यटनको प्रचुर संभावना, जल तथा जडिबुटीको पर्याप्तता यस क्षेत्रको मुख्य विशेषता हो । धार्मिक, साँस्कृतिक,प्राकृतिक बिबिधताले भरिपूर्ण याे क्षेत्र नमूना पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्ने सम्भावना छ । जटील तर सुन्दर प्राकृतिक भूबनाेटले बारेकाेटलाइ छुट्टै अाकर्षण थपेकाे छ ।
त्रिवेणी नलगाडबाट निकै डरलाग्दाे अक्करे भिर पार गरेपछि देखिने बारेकाेट सुन्दर उपत्यका जस्तै देखिन्छ । भिरालाे बाटाे काट्दा जिउ नै सिरिङ सिरिङ हुने यात्रा बारेकाेट प्रवेश गरेपछि छुट्टै अानन्दकाे अनभूति हुन्छ । यहाँकाे जटील सामाजिक जीवन र धार्मिक परम्परा अर्काे अाकर्षण हाे ।
उत्तरमा बेलासपुर (रमका) हिमाल, चाखुरे पाटन र ठाकुरजी पाटन प्रचुर पर्यटकीय सम्भावना बाेकेका क्षेत्र हुन् । बन्दै गरेकाे नलगाड जलविद्धुत अायाेजनाकाे मुहान नै यसै बारेकाेटमा पर्दछ । कस्तुरी, डाँफे, रेडपाण्डा लगायत थुप्रै दुर्लभ वन्यजन्तु र यार्सागुम्बासहितका थुप्रै बहुमुल्य जडिबुटीकाे खानीका रूपमा याे क्षेत्रलाइ लिइन्छ ।
यस्ता छन बारेकाेटका केही दृष्यहरू :
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.
११.
१२.
१३.
१४.
१५.
१६.
१७.
१७.
१८.
१९.
१९.
२०.
२१.
२२.
Related Posts
-
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री दाहाल
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस
-
तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा, ५५ बढी देशका लगानीकर्ता सहभागी
काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन