इन्टरनेशनल इण्डिया फिल्म अवार्ड ‘आइफा’ नेपालमा

मन्त्रिपरिषद्द्वारा स्वीकृति

नेपालमा ‘इन्टरनेशनल इण्डिया फिल्म अवार्ड’ (आइफा)–२०१९ कार्यक्रम हुने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसपटक हुने आइफा अवार्ड नेपालमा गर्न स्वीकृति दिएको हो ।

मन्त्रिपरिषद् बैठकले आगामी अगष्टको दोस्रो वा तेस्रो सातामा काठमाडौँको नेपाली सेनाको मुख्यालय आसपास स्थानमा अवार्ड कार्यक्रम गर्न स्वीकृति दिएको छ ।

अवार्ड कार्यक्रम ‘भिजिट नेपाल–२०२०’ को अवसरमा आयोजना हुन लागेको छ । कार्यक्रम नेपाल सरकार अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहत नेपाल पर्यटन बोर्डको नेतृत्वमा आयोजना हुन लागेको हो ।