ओली–प्रचण्डबीच भेटवार्ता : पूर्व सहमतिका आधारमा अगाडि बढ्ने समझदारी

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बढेको भनिएको दुरी बुधबारको भेटवार्तापछि भने घटेको छ ।पछिल्लो केही दिनयता अध्यक्षद्वयबीचमै विवाद उत्पन्न भएपछि त्यसको असर पार्टी कमिटीका तल्लो तहसम्म देखिएको थियो । नेकपाका नेता कार्यकर्ता दुई कित्तामा बाँडिएका थिए ।

प्रधानमन्त्री ओली निकट एक नेताका अनुसार बाहिर मिडियामा आए जस्तो विवाद अध्यक्षद्वयबीचमा नभएको बताए । बाहिर मिडियाले विवाद भएजसरी प्रचार गरेको भन्दै उनले भने, ‘अवस्था त्यस्तो थिएन । उँहाहरुका दिनका दिन बालुवाटारमा घण्टौँ सम्म वार्ता चलिरहन्छ । बुधबारको छलफलमा राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने बारेमा छलफल भयो । र नँया सझदारीका साथ अगाडि बढ्ने र पार्टी एकताका वाँकी काम टुंगाउने ।’

पूर्व एमाले निकट नेकपा स्थायी कमिटीका एक नेताका भन्छन्, ‘बाहिर मिडियामा आए जस्तो दुई अध्यक्षको सम्बन्ध बिग्रेको भन्ने होईन । केही अविस्वास बढेको होला तर अस्ती ‘बुधबारको’को भेटमा दुई अध्यक्ष मिलेर जाने र पूर्व सहमतिका आधारमा अगाडि बढ्ने समझदारी भएको छ ।’

पूर्व माओवादी निकट एक नेता भन्छन्, ‘तत्कालको लागि वैचारिक बहस थाती राखेर पार्टी एकतालाई टुंगाउने समझदारी भएको छ ।’

तर, मन्त्री हेरफेरको प्रशंगमा यि नेताका अनुसार तत्काल त्यस्तो संभावना नरहेको र बजेटपछि आवश्यक परेको खण्डमा मात्रै मन्त्रीहेरफेर गर्ने अध्यक्षद्वयकोबीचमा आन्तरिक सहमति भएको बताए ।

दुई अध्यक्षको सहमति अनुसार नेकपामा पछिल्लो समय देखिएको वैचारिक बहसको विवाद तत्काललाई थाँती राखिएको छ । पूर्व सहमति अनुसार कतिपय राजनीतिक विचार र मान्यतालाई छलफलमा लग्नेगरी तत्कालका निम्ति ‘जनताको जनवाद’ राख्ने सहमति भएको थियो ।

ति नेताका अनुसार प्रधानमन्त्री ओली प्रतिवेदनमा ‘जनताको जनवाद’ लेख्न सहमत भएका छन् । अध्यक्षद्वयको समझदारी अनुसार अव राजनीतिक प्रतिवेदनमा केही दिनमा प्रकाशित हुने भएको छ ।

रातोपाटी