गृह प्रवक्ता सुवेदीको गाडीमा प्रहरीको ‘ह्विल लक’

काठमाडौं, शिहदरवार क्षेत्र भित्र अनाधिकृत रुपमा पार्किङ गरेर राखिएको गृह मन्त्रालयका प्रवक्ता तथा सह-सचिब रामकृष्ण सुवेदीको गाडीमा ट्राफिक प्रहरीले ‘ह्विल लक’ गरिदिएको छ ।

प्रवक्ता सुवेदीको चढने बा २ झ ४३२८ नम्बरको सरकारी सेतो नम्बर प्लेटको गाडी अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर राखेको वेला महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी सरकारी नम्बर प्लेटको गाडीमा ट्राफिक प्रहरीले जवानले ह्विल लक गरेका हुन

सिंहदरबारको पार्किङ निषेधित क्षेत्रमा अनधिकृत रूपमा पार्किङ गरिएको अरु सरकारी गाडीमा समेत ह्विल लक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।