यसरी परे घुस सहित शिक्षा प्रमुख ओली अख्तियारको फन्दामा….

सल्यान, शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख धनबहादुर ओलीलाई २५ हजार घुस रकम सहित प्रकाउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले उनलाई घुस रकम लिएको अवस्थामा मंगलबार कार्यकक्ष बाटै पक्राउ गरेको हो ।

शिक्षक सरुवाको सहजीकरण गरेवापत एक सेवाग्राही सँग घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । ओली गएको वैशाख ११ गतेदेखि सल्यानमा इकाई प्रमुखको रूपमा कार्यरत थिए।

ओलीको मुद्दाको आवश्यक प्रतिवेदन तयार गरिसके पछी विशेष अदालतमा मुद्दा दायर गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए ।