अछाममा दुईवटा वडा कार्यालयमा आगजनी

महत्त्वपूर्ण सामग्री जलेर नष्ट

अछाम, अछाममा जिल्लाको नगरपालिका र गाउपलिकाको दुईवटा वडा कार्यालयमा आगजनी गरिएको छ ।

पञ्चदेवल विनायक नगरपालिका वडा न। ३ को वडा कार्यालय र ढकारी गाउपालिका वडा न। ५ को वडा कार्यालयमा अज्ञात समुह द्धारा आगजनी गरिएको छ ।

आगजनी वाट दुई ओटै वडा कार्यालयका महत्त्वपूर्ण कागजात सहितका सामग्री जलेर नष्ट भएको प्रहरीले वताएको छ ।

मंगलवारी विहान २ वजेको समयमा आगजनी गरिएको हो । घटना स्थलमा जलाउनको लागी पेट्रोल हाकिएको वोतल लगाएतका सामग्रीहरु भेटिएका छन् ।

घटना कस्ले र किन गरायो भन्ने वारे अझै खुल्न ससके पनि घटनामा विप्लब नेतूत्वको नेकपाको संलग्नता रहेको हुन सक्ने प्रहरीको अनुमान छ । हाल सम्म घटनाजो जिम्मेवारी कसैले लिएको छैन ।