काठमाडौँबाट बझाङ जाँदै गरेको बस बर्दियामा दुर्घटना: पाच जनाको असवस्था गम्भिर

बांके, काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको ना ६ ख १३३९ नम्बरको बस आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारबर्दिया नगरपालिका–७ रम्भापुरमा पल्टिँदा १७ यात्रु घाइते भएका छन् । घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका २ का २३ वर्षिय प्रेम बोहरा, बझाङकै जयपृथ्वी नगरपालिका २ का २९ वर्षिय प्रेमप्रसाद जोशी, बर्दिया मधुवन नगरपालिका ५ का ५७ वर्षिय कर्ण बहादुर थापा,

यसैगरी, मधुवनकै ५२ वर्षिय पदम गुरुङ् , २९ वर्षिय गोपाल नेपाली, बर्दिया ठाकुरबाबा नगरपालिका २ का ३० वर्षिय मेघराज चौधरी, मधुवन नगरपालिका ७ का ६५ वर्षिय करण थामीमगर,

मधुवन ५ कै विष्णु शार्की, कैलाली टिकापुर नगरपालिका १४ का ३० वर्षिय रुप रावल, टिकापुर ८ का २५ वर्षिय रेवत टिमिल्सिना, सोही ठाउँका २१ वर्षिय हेमराज बुढा, कैलालीको भजनीका रेषम चौधरी लगायत रहेका छन् । घाइते सबैको नाम खुलेको छैन ।

उनीहरुलाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए । अन्य १२ घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बस चालक फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।