बिद्यार्थी नेताद्धय पाण्डे र शाहीद्धारा क्याम्पसलाई किताव र पाइप हस्तान्तरण

कोहलपुर, बांकेको बागेश्वरी बहुमुखी क्यामपस कोहलपुरका विद्यार्थी नेता तथा नेविसंघ सभापति राम प्रशाद पाण्डे र उपसभापति उपेन्द्र शाहीले जन्मदिनको अवसरमा क्याम्पसलाई ९ हजार मुल्य वरावरका किताव हस्तान्तरण गरेका छन् ।

भर्खरै मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा समायोजन भएको यस आफ्नो जन्मदिनको अवसरमा आइतवार एक कार्यक्रमको आयोजना गरी पुस्तक हस्तान्तरण गरेको हो । स्तातकतह दोस्रो बर्षका ३५ प्रति कितावहरु क्याम्पस प्रमुख शिशिर कुमार शर्मालाई हस्तान्तरण गरेका हुन । साथै क्याम्पसमा ढल निकाशाको लागी आवस्यक करिव १० हजार मुल्य वरावरको होम पाईपपनी हस्तान्तरण गरेका छन् ।

जन्मदिनमा गरिने खर्च कटाएर भर्खेरै विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा समायोजन वेहोर्नु परेको कितावको अभावले बिद्यार्थीहरुले वेहोर्नु परेको समस्यालाई थोरै भए पनि हल गर्न किताब हस्तान्तरण गरेको पाण्डेले वताए ।

यसैगरी क्यापस प्रमुख शिशिर कुमार शर्माले कितावले थोरै भए पनि राहत दिएको वताएका छन् । जन्मदिनको अवसरमा गरिने अनावस्यक खर्च लाई कटौटी गरेर यस्ता किसिमका सामाजिक कार्यमा लगाउनु सकारात्मक पक्ष्य भएको वताए् । साथै उहाँले यस्ता सकारात्मक पक्षलाई सवैले आत्मसात गर्नु पर्ने वताए ।