बबई नदिमा डुबेर एक विद्यार्थीको मूत्यु

बर्दिया, बर्दिया जिल्लाको मधुवन नगरपालिका–४ ढोढरी स्थित नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा सिभिल इञ्जिनिएरिङ विषय दोस्रो वर्षमा अध्ययनरत एक विद्यार्थीको बबई नदीमा डुबेर मृत्यु भएको छ ।

सुस्नयाँ गाउँपालिका–८ बैतडीका १९ वर्षिय वीरेन्द्र बोहोरा नुहाउने क्रममा शुक्रबार डुबेर बेहोस भएका थिए । बेहोस बोहोराको उपचारको क्रममा आज कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

बारबर्दिया नगरपालिका–२ स्थित डुग्रहवामा नुहाउने क्रममा डुबेर सख्त घाइते भएका बोहोराको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए् ।