बजेटमा कार्यकर्ता भर्ति गर्ने कामलाई निरन्तरता दिन खोजियो – सांसद नेपाली

काठमाडौँ, नेपाली काँग्रेसकी प्रदेश नं ३ कि सांसद कल्पना नेपालीले बजेटमा युवाको रोजगारिको कुरालाई नजोडेको भन्दै बजेट नामकाजी भएकाे बताएकी छन । आज सांसदमा बजेटमाथी आफ्नो धारणा राख्दै सांसद नेपालीले कार्यकर्ता पाेस्ने बजेट ल्याइएकाे भन्दै आपति जनाएकी हुन । 

फायल तस्विर

सांसद नेपालीले आफ्नाे धारणा राख्दै  भनिन बृक्षरोपणका लागि युवालाई २ महिनाको रोजगारी जस्ता कार्यले बजेटलाई छर्ने र सरकारी संयन्त्र छलेर कार्यकर्ता भर्ति गर्ने कामलाई निरन्तरता दिन खोजिएको देखिन्छ । कर्मचारी संरचना बाहिरबाट यस्तो काम गर्नु गलत कार्य भएकाले यसलाई तत्काल बन्द गर्नु जरुरी रहेको उनको भनाई थियो ।

रेडिमेट फुलबुटाले जनतालाई झुकाउने भन्दै उनले राजस्व प्रणालीको विकास, करको दायरा विस्तार र राजस्व चुहावटलाई रोक्नुपर्नेमा जोड दिइन । सांसद नेपालीले बिधेयकको सिद्धान्त र प्राथमिकतामा ध्यान दिएपनि कर छुट र सरलिकरणमा ध्यान नपुगेको बताइन ।

यसबर्षको नीति तथा कार्यक्रममा सबै उद्यमीको नारा थियो तर बजेटमा त्यो कुरा हरायो, रोजगारको नारा जस्तै धाराको नारा पनि पुरा हुनेमा आशंका छ उनले भनिन् ।