आर्थिक वर्ष २०७६/०७७ को योजना तथा कार्यक्रम छनोटका लागि वडा भेला सम्पन्न

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को आर्थिक वर्ष २०७६र०७७ को योजना तथा कार्यक्रम छनोट गर्नका लागि आज वडा भेला सम्पन्न भएको छ ।वडामा कुन कुन योजना लाई प्राथमिकतामा पार्ने, वडाका समस्याहरु के के छन्, आर्थिक वर्षमा उपमहानगरपालिका बाट कति बजेट वडामा पार्न सफल भईयो लगायतका समसामयिक विषयहरुमा वडाबासी, वडाका प्रतिनिधि, वडाका वुद्दिजिबी , बालबालिका , पत्रकारहरु, राजनीति दलका प्रतिनिधिहरुको उल्लेख्य उपस्थितिमा छलफल तथा योजना तथा कार्यक्रम छनोट कार्यक्रम गरिएको छ ।

वडा नं १२ कै नवनिर्मित आफनै वडा भवनमा भेला आयोजना गरिएको थियो । आज बुधबार साझ ४ बजे जम्मा गरिएको भेलामा उपस्थिति वडा बासीहरुले आफना आफना टोलमा कार्यक्रमहरु प्राथमिकता का साथ पारिदिनका लागि लिखित रुपमा मागहरु वडा अध्यक्ष बुद्धि सागर सुवेदी समक्ष पेश गरेका छन् ।कार्यक्रममा बोल्दै वडा अध्यक्ष बुद्धि सागर सुवेदीले म स्थानीय जनताको नोकर भएको हुनाले तपाईंहरुको चाहना अनुसार र वडामा विकास गर्नका लागि वडा अध्यक्ष भएको बताउनुभयो ।

यस आर्थिक वर्ष २०७६र०७७ का लागि आफनो वडामा १ करोड ११ लाख वजेट उपमहानगरपालिका बाट बिनियोजन भएको र अझै लडेर भए पनि २० देखि २५ लाख सम्म बजेट बढाउने उहाले वडावासीहरु समक्ष प्रतिवद्दता व्यक्त गरेनु भएको थियो । यति मात्र रकमले वडामा विकास धेरै गरेन नसकिने भएकोले यसै क्षेत्रबाट नेपाल सरकारका शहरी विकास मन्त्री भएकोले उहाँसंग पनि वडामा चिल्ड्रेन पार्क र खेलकुद मैदान बनाउनका लागि कुरा गरेको र उहाले बजेट पारिदिने आश्वासन दिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

उक्त कार्यक्रम वडा अध्यक्ष बुद्धि सागर सुवेदीको अध्यक्षतामा भएको थियोे । कार्यक्रम वडा सदस्यहरु तरुण व्रजाचार्य , दिनेश पन्थ, लगायतका वडाका सदस्यहरु, स्थानीय समाजसेवी तेज बहादुर शाह, नेकपाका स्थानीय नेता नारायण शर्मा, महिला समुहकी अध्यक्ष ईता शर्मा, समाजसेवी टंक पौडेल , भरत पोखरेल , विकास ब्रजाचार्य, डिलाराम पौडेल , पत्रकार लगायत उल्लेख्य मात्रामा वडाबासीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम वडा सचिव सुरेश पौडेलले चलाउनु भएको थियोे ।