एकै रातमा ३ वटा पसल फोडने यि बालकहरु……
प्रकासित मिति : २०७६ असार ४, बुधबार १२:१५
प्रकासित समय : १२:१५
नेपालगन्ज , बाँके नेपालगन्ज उपमहानगरपालिका २० मदनापुरका ३ जना स्कुले बालकले एकै रातमा ३ वटा पसल चोरी गरेका छन ।
मदनापुरका ३ जना स्कुले बालक , दामु ,बिक ,कालू साही ,लसिजालिले राझा एयरपोर्टमा रहेका बिवेक फेन्सि स्टोर,भेरि कर्णाली रेष्टुरेन्ट ,शोस्तिका किराना पसल फाेडेर चोरी गरेका हुन । उनिहरूले पसल फाेडेर २० हजार बराबरकाे नगद र अन्य जेन्सी सामान लुटेकाे बताइएकाे छ ।
डुढुवा प्रहरीले जनाए अनुसार भर्खरका १३ \ १४ बर्षका बालबालिका चोरीमा संलग्न रहेका छन । कुलतमा फसेर उनिहरू चोरी कार्यमा लागेको बताइएको छ ।
प्रहरीको अनुसार उनिहरूले पटकपटक त्यस्तै कार्य गर्दै आएको बुझिएको छ । उनिहरूका साथबाट गाँजा समेत भेटिएको बताइएको छ ।