विप्लबका विद्यार्थी संगठन निर्माण अभियानमा

बर्दिया, नेत्र विक्रम चन्द विप्लब नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी) बर्दियाले संगठन निर्माण लाई तिव्रता दिएको छ ।

अभियानकै क्रममा सोमवार बर्दिया सिटिईभीटी कलेज गुलरिया वर्दियामा १३ सदस्य इकाई कमिटी गठन गरेको छ । त्यस्तै नमुना नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा २१ सदस्य इकाई कमिटी गठन गरिएको अखिल (क्रान्तिकारी) बर्दिया अध्यक्ष लोकेश जोशीले वताए् ।

हाल विप्लब नेकपा माथी सरकारले प्रतिवन्ध लगाईसके पछी सवै नेता तथा कार्यकर्ताहरु भुमिगत जस्तै छन् । माथिल्लो तहमा नेता लगायत अन्य जनवर्गिय संगठनहरुका क्रियासिल करिव ६०० नेता कार्यकर्ता प्रहरी हिरासतमा छन् ।

हेर्नुहोस् फोटो