कांग्रेसको अवरोधपछि सम्बोधनै नगरी रोस्ट्रममबाट फर्किए प्रधानमन्त्री
प्रकासित मिति : २०७६ असार ३, मंगलवार १२:४७
प्रकासित समय : १२:४७
काठमाडौं,प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभामा सम्बोधन नगरी प्रधानमन्त्री रोस्ट्रममबाटै फर्किएका छन्।
आजको कार्यसूची अनुसार ‘सार्वजनिक महत्वको विषयमा वक्तव्य’ दिन प्रधानमन्त्री संसदमा उपस्थित भएका थिए। सम्बोधनका लागि प्रधानमन्त्री ओली रोस्ट्रममा पुगेपछि प्रतिपक्षी कांग्रेसले नाराबाजी गर्दै घेराउ गरेको थियो।
प्रधानमन्त्रीअघि प्रतिपक्षी दलको नेताले बोल्न पाउनुपर्ने माग कांग्रेसको थियो।
यसअघि नै कांग्रेसले आफ्नो दलको नेताले सुरूमै बोल्न पाउनुपर्ने माग राखेका थिए। तर सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई नै पहिले समय दिएपछि कांग्रेस सांसदहरुले नाराबाजी गरेका थिए। कांग्रेसको अवरोधका कारण आजको बैठक स्थगित गरी सभामुखले भोलिका लागि बोलाएका छन्।