मध्यरातमा वडा कार्यालय चोरी

राजविराज,राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा गएराति चोरी भएको छ । चोरले कार्यालयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी गरी लगेको वडाध्यक्ष समीर झाले बताए ।

चोरले वडाध्यक्षको कार्यकक्षमा राखिएको महत्वपूर्ण कागजात तथा करिव रु दुई लाख मूल्य बराबरको सरसमान चोरेको उनले जानकारी दिए। चोरी गर्ने गिरोहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।