निर्दयी छोरा जसले चिरपटाले हानेर बुवाको हत्या गरे…

अछाम, अछाममा एकजना युवाले चिरपटले हानेर आफ्नै सहोदर बुवाको हत्या गरेका छन् ।

अछामको चौरपाटी गाउँपालिका वडा.न.५ लुङग्राका स्थानिय वासिन्दा ५६ वर्षिय मिने ढोलीलाई उनको आफ्नै सहोदर जेठो छोरा प्रेम ढोलीले चिरपटले हानेर हत्या गरेका छन् ।

बुधवार राती घरमा सामान्य विवाद भएको थियो । विवाद पछी आफ्नै छोराले हानेको चिरपट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक ढोलीलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसेन ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कलेन्द्र शाहीका अनुसार हत्या गर्ने प्रेमलाई प्रहरीले नियन्त्रण लिएको छ ।