जाजरकोटमा भिरबाट लडेर तिनको मूत्यु

जाजरकोट, बारेकोट गाउँपालिका ४ स्थित कराईचुला लेकको भीरबाट लडेर तीन युवकको मृत्यु भएको छ ।

मूत्यु हुनेमा बारेकोट–५ का १६ वर्षीय भीमराज शाही, १७ वर्षीय नवराज सिंह र ४० वर्षीय पृथीबहादुर बस्नेत भएको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाहले वताए ।

शाही र सिंह वनलसुन खोज्न अनि बस्नेत घर बनाउनका लागि काठ काट्न जंगल गएका थिए। शाही स्थानीय वीरेन्द्र मावि लिम्सामा ९ कक्षामा अध्ययनरत थिए । सिंहले यही वर्ष एसईई दिएका थिए ।

वनलसुन एक प्रकारको जडीबुटी हो । यसको बिक्री बाट राम्रो आम्दानी हुने भएपछि स्थानीयवासी जोखिम मोलेर लेकतिर जाने गरेको अध्यक्ष शाहको भनाइ छ । वनलसुन प्रतिकिलो ३२ हजार रुपैयाँ सम्म बिक्री हुने गरेको छ ।