क्रान्तिकारीका बांके अध्यक्ष चन्द रिहा हुने वित्तिकै पुन: गिरफ्तार

काठमाडौँ, नेत्र विक्रम चन्द ‘विप्लब’ नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) बांकेका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य मदन चन्द धरौटिमा रिहा हुने वित्तिकै प्रहरीले पुन: गिरफ्तार गरेको छ ।

क्रान्तिकारी लगायत ११ विद्यार्थी संगठनको आयोजना काठमाडौँको शान्तिवाटीकामा आयोजित कार्यक्रम स्थलवाटै संगठनका बांके जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य मदन चन्द, केन्द्रीय सदस्य प्रेम शाही र मुगु जिल्ला अध्यक्षन नरश्वर वुमीलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

उनिहरुलाई प्रकाउ लगत्तै महाँनगरिय ट्राफिक प्रहरी परिसर दरवारमार्गको हिरासतमा राखेर काठमाण्डौँ जिल्ला प्रशासन कार्यालयमा तिनै जनाको नाममा दुर्ववहारको मुद्धा दायर गरेर अनुसन्धान अगाडी वढाएको थियो ।

शुक्रवार २४ दिनको हिरासत वसाई पछी दश-दश हजार धरौटी तिरेर रिहा भए लगत्तै प्रहरीले पुन: केन्द्रीय सदस्य तथा बांके जिल्ला अध्यक्ष मदन चन्द लाई बांके र केन्द्रीय सदस्य प्रेम शाहीलाई जाजरकोट लिने तयारी गरिएको वताईएको छ । साथै मुगु जिल्ला अध्यक्ष नरश्वर वमिलाई भने दश हजार धरौटीमा आजै रिहा गरिएको जनाईएको छ ।