बाहिर चिटिक्क भित्र थुक्क ! यो हो नेपालगञ्ज मालपोत कार्यालयको हबिगत

नेपालगन्ज,भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले ’डिजिटल’ मालपोत बनाउने अभियान सुरु गरिरहदाँ नेपालगन्जकाे मालपाेत कार्यालयले भने मन्त्रि अर्याललाइ नै ब्यङ्ग्य गरिरहेकाे छ । 

यसोत सरकारी कार्यालय भन्ने बितिक्कै चरम लापरबाहीको पराकाष्टा नै हुन्छ । झन मालपोत, यातायात जस्ता सरकारी कार्यालयहरुमा सेवाग्रहीको बाक्लो भिड हुने भएकोले अझ बढि लापरबाहि हुने गर्दछ ।

नेपालगन्ज मालपोत कार्यालयलमा पनि त्यस्तै अबस्था देखा परेको छ । कार्यालय समयमा हाकिमको कक्ष खुला हुनु  हाकीम नहुनु साेहि कक्षमा सेवाग्रहि मस्त निदाएकाे अबस्थामा भेटिनुलाइ तपाइ कसरी बुझ्नु हुन्छ ? अझत   पानपराग खाएर यत्रतत्र थुकिएका भित्ताहरु जताततै गन्ध मालाेपाेतका कार्यलय बाँकेका पहिचान जस्ता भएका छन  ।

पानी बिनाका गन्हाउने टवाइलेटको जिर्न अबस्था पानि बिनाकाे पानिघट्ट जस्तै पंङखा ४४ डिग्रिकाेे गर्मिमा पानि बिहिन धारा अादि यस्तै अबस्थामा भेटिएकाे छ नेपालगन्ज मालपाेत कार्यालयकाे अबस्था  ।

टवाइलेट छ सफा छैन ,धारो छ पानी छैन । पानीकै लागि बर्षेनी बजेट आउने गरेपनि यहाँका धाराले तिर्खामेटने पानी पाउन सकेका छैनन । टवाइलेटको लागि बजेट आएपनि मालपोत कार्यालय नेपालगन्जका टवाइलेट सफा हुन सकेका छैनन् ।

बिहिबार ११ बजे सेवाग्रहिहरू निदाएकाे अबस्थामा हाकिम कक्षमा नहुदा