ज्ञानेन्द्र शाहीमाथिको आक्रमण मध्ययुगीन पाशविक बर्बरता

अँध्यारो सन्नटा दुरमा बत्ति बलिरहेको देखेपछि समाजमा एउटा आश पलाउछ कि, त्यो बत्तिको प्रकाश यहाँसम्म आई पुग्ने छ । त्यसैको प्रतिनिधित्व नेपालमा नागरिक समाज कलाकार, पत्रकार, समाजसेवी सबैले गरेको देखेर अतालिएको सत्तारूढ शक्ति यो वा त्यो रूपमा जनतामाथि युद्धको भारी थुपार्ने कोशिस गरेको देखिन्छ । आकाशमा बादल धुमलिएर गडगडाउन थालेपछि जतिसुकै सुख्खा पाखामा आगो झोसेपनी पानीको अगाडि निभेर जानेछ यो बैज्ञानिक तथ्य हो।

को हुन ज्ञानेन्द्र शाही ?

बिशाक्त राज्य ब्यवस्थाको चरम भ्रष्टाचारले चरम चुली नाघेको यो अबस्थामा राष्ट्रिय स्वाभिमान, न्याय स्वतन्त्रता मानव अधिकारलाई कुर वरर्वताको कानुनी हत्खण्डाले कैद गरेर सिङ्गो नेपाली समाजलाई ऐतिहासिक मुल सभ्यताको निसाना मेटाउने सत्तारूढ शक्तिको अगाडी प्रतिपक्षी राजनीति शक्ति समेतको बैचारिक तथा राजनीति अक्रमन्यतामा देखिन्छ । यस अबस्थामा नेपाल राष्ट्रको राष्ट्रियता लोकतन्त्र र समुन्नत नेपाल निर्माणमा देखिएका समस्याको आंशिक समाधानको मुद्दा बोकेर नागरिकलाई सचेत र जुझारु बनाउदै जानू जो कोहि नेपाली नागरिकको दायित्व हो । त्यसैको एक प्रतिनिधि पात्र ज्ञानेन्द्र शाही पनि हुन ।

उनिमाथी गरिएको सरकारी दमन र यातन तिन करोड नेपाली जनताको न्याय, स्वतन्त्रता, हक अधिकार र सिङ्गो राष्ट्रिय स्वाभिमान माथिको कुठाराघात हो । भ्रष्ट्रचारले चरम सिमा नाघेको बेला भ्रष्टाचार बिरोधी आन्दोलन गर्नु सचेत नागरिकको जिम्मेवारी हो । त्यसमा उल्टै नाङ्गो रूपमा चरम यातना र दमनमा सरकार उत्रनु भनेको मध्ययुगीन हिटलर मुसोलिनी उद्द्त मृत्युसैयामा छट्पटी रहेको नित्कृष्ट सामाजिक फोबिया फासिबाद्को चरीत्र चित्रण हो । ज्ञानेन्द्र शाहीको समर्थनमा उर्लेको सामाजिक सदभावलाई नबुझेर अराजक र अराजनितिक सोचबाट उद्द्त नेता कार्यकर्ताका कुरा सुनेर थप दमन र धरपकडको बाटोमा शासकहरु हिडेपछी समग्र युद्धको सामना अनिवार्य खेप्नुपर्ने छ ।

को हुन खास साईबर क्राइम मुद्दा दायर गर्ने पत्रकार ?

हाम्रा पत्रकार र युवा राजनीती कर्मिले खासगरी आफुलाई अपमानजनक गाली बेइजति गरेको र अघात चोट पुगेको हो भने त्यहाँ कुनै ब्यक्ति विशेष किटान गरिएको छैन । बादिवाला पत्रकारलाई मात्रै चित्त दुख्नुको कारण के हो ? इमानदारी साथ भन्ने हो भने बादिवाला पत्रकार नितान्त सत्तापक्षको पार्टीसिन मिडियाकर्मी हुन ।

बैचारिक तथा राजनीतिक रूपमा उहाँहरुलाइ धेरैले जान्दछन यहाँ कुरा प्रेस स्वतन्त्रता माथि लगाउन खोजेको अंकुशलाइ ध्यानाकर्षण नहुनू देशद्रोही सिके रावतलाई नेपालीको हिरो हो भन्नू र ज्ञानेन्द्र शाही जस्ता नागरिक अगुवाइका भ्रष्टाचार बिरोधि अभियान्तामाथी ध्यानाकर्षण हुनुले पत्रकारको नैतिकता र जिम्मेवारी थप स्पष्ट र उजागर गर्दछ ।

जुन भावभुमिबाट ज्ञानेन्द्र शाहीलाई मुद्दा दायर गरियो, जुन ठाउँमा समातियो त्यो राज्यको जिम्मेवार शासक कत्तिको निस्कलङ्कित छन् र त्यो शासकले कस्ता-कस्ता बानी ब्यहोराका मनुस्य घेरबार गरेको छ भन्नेपनी स्पष्ट पार्दछ । त्यसैको प्रतिफल योजनाबद्ध ढंङ्गबाट ज्ञानेन्द्र शाहीलाई कोल्याप्स गर्ने योजना अनुसार घटाइएको घटना हो ।

ज्ञानेन्द्र शाहीले कर्णाली प्रदेशको समग्र भ्रष्टाचारको जालो च्यात्ने र पतित भ्रष्टाचारको नाङेझार पार्ने देखेपछि पासविक तवरले दमन र धरपकडमा सरकार उत्रेको हो । उहाँको स्वास्थ्यमाथी परेको गम्भीर असरको जिम्मेवारी सम्बन्धित प्रदेशको शासक, सुरक्षाकर्मी र स्वयम् मुद्वावाला पत्रकार हुनुपर्छ । उहाँमाथी जुन षड्यन्त्र बुनिएको छ त्यो सरासर दण्डनिय छ ।

ज्ञानेन्द्र शाहीको दिमागमा समेत असर परेको कुरा स्वयम् उहाको मुखबाट यत्रतत्र मिडियामा आउँदा समेत सम्बन्धित पक्षले वास्ता नगर्नु भनेको गैर जिम्मेवारीपन हो । प्रहरीको बयानका आधारहरुले दिएको जानकारीलाई आधार मानेर आफ्नो कुर कर्तूतलाई लुकाएर बिदेशी दलाल फासिबादको क्रिडा स्थलको झझल्को दिनु यो राज्यको दयनीय प्रश्तुती हो ।

हाम्रो सरकार कतातिर उद्दत छ ?

वैदेशिक साम्राज्यवादका भ्रष्ट तत्वको नेपाल र नेपालीको भाग्य भबिष्यको ऐनालाई चक्नाचुर फुटाउने उदेश्य लिएर जसरी नेपालमा वैदेशिक चलखेल बढेको छ, त्यसैको लक्ष्य प्राप्तिका सबै काममा बर्तमन राजनीतिक दल शत्ताधारी लागेको छ ।

प्रतिपक्ष भने बैज्ञानिक तवरले समस्याको हल खोज्नुको अलवा प्राविधिक समस्यामा पासो थापेर अड्किनु अत्यन्तै दुर्भाग्यपूर्ण सङ्केत हो । पश्चिमा मुलुकहरूले नेपालमा शासकलाई निरङ्कुश बनाउने, प्रतिपक्षीलाई पेलेरै भित्तामा पुगाउने, परिवर्तनकारी कम्युनिस्ट शक्तिलाई प्रतिबन्धित गर्ने, राष्ट्रभक्ती प्रजातान्त्रिक शक्तिलाई नाङ्लो ठडाएर हाती तर्साए जस्तै गरेर स्वतन्त्र नागरिक समाजको आवाजलाई बन्द गराउने, प्रेसको कानुन हातमा लिएर नेपालको सेना प्रहरी ब्यूरोक्रेसी सबै लाई कु:गरेर सिरिया दोहर्‍याउने दाउमा छ ।

त्यो कुरालाई समग्रमा नेपाली जनता, सेना, पुलिस सचेत बौद्धिक बर्गले बेलैमा बुझ्न नसक्ने हो भने नत हाम्रो नेपाल रहन्छ नत हामी नेपाली हुन्छौ । हाम्रो स्वाधीनता र स्वाभिमानी माथिको षड्यन्त्र बुझ्न् जरुरी छ । अब साम्राज्यवादका मतियारहरुले उग्र भ्रष्टाचार बढाएर चरमबेरोजगार निम्ताउने नेपाली युवा युवतिहरुलाई विदेश पलायन गराउने, विदेशीलाई नागरिकता वितरणको माध्यमबाट नेपालमा बिदेशीको जनसंख्या बढाउने, सिके रावतलाई मियो बनायर जनमतसंग्रह गराउने, नेपालबाट ताराइको भूगोल टुक्राउने योजनाको विरुद्धमा ज्ञानेन्द्र शाहीले भ्रष्टाचार बिरोधि आन्दोलनमा उठाएका मुदाहरुले बिदेशमा बस्ने नेपालीहरुले भोट् हाल्ने ब्यबस्था र पन्चायत देखि अहिलेसम्मका भ्रष्टाचार गर्नेहरूको सम्पत्तिको छानबिन गरेर राष्ट्रियकरण गर्ने बस्तुबादी अभियानबाट अतालिएका बिदेशी चाटुकरहरुको निर्देशनमा योजनाबद्ध हमला गरिएको हो । याे

चलखेल सफल हुन नसक्ने देखेपछि सरकारले केन्द्रिय स्तरमै छलफल गरेर केन्द्रिय सरकारको निर्देशनमा प्रादेशिक सरकारका संचालकले यो कदम चालिएको हो। यतिमात्र होइन ईमानदार कर्मचारी पत्रकार र नागरिक समाजमा समेतलाई निशाना बनाउने तर्फ कानुन हातमा लिन थालेका छन् ।