कुसेन्युजले यसरी मनायो इर्द -उल फित्र

नेपालगञ्ज, इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अन्त्यमा मनाइने इद उल फित्र कुसेन्युजले शुभकामना आदनप्रदान गरि मनाएको छ ।

कुसेन्युजको नेपालगन्ज बिपी चोकस्थीत कार्यालयमा शुभकामना आदनप्रादन गरि मनाएको हो । इर्दको अबसरमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै कुसेन्युजमा प्रबन्ध निर्देशक किस्मत अलिशेखले कुसेन्युजले केहि समयमा नयाँ कार्यक्रमहरु सार्बजानीक गर्ने जानकारी दिए । अलिशेषले मुश्लिम समुदायहरुको पबित्र पर्वका बेला कुसेन्युजले आत्मीयता साटासाट गर्न यो कार्यक्रम आयोजना गरेको बताए ।

त्यस्तै कार्यक्रममा कुसेन्युजका सह सम्पादक डम्बर बहादुर शाहीले कुसेन्युजले  पछिल्लाे चरणमा छलाङ मारीरहेको बताए । शाहीले कुसेन्युज गतिशिलतामा  बढिरहेको भन्दै छोटै समयमै उत्कृष्ट परिणाम निकाल्न सफल रहेकाे बताए ।
कार्यक्रममा बिभिन्न मिडियाकर्मी तथा सुभेच्छुकहरुको समेत सहभागिता रहेको थियो ।