सोलुको आक्रमणबारे बिप्लव नेकपाले भन्यो, सब षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र हो
प्रकासित मिति : २०७६ जेष्ठ २०, सोमबार १७:४२
प्रकासित समय : १७:४२
काठमाडौं , बिप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको बताएकाे छ । नेकपाले एक बिज्ञप्ति जारी गर्दै सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरीचौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको बताएको हाे ।
उक्त पार्टीका प्रवक्ताद्यारा जारी विज्ञप्तिमा भनिएकाे छ । सामाजिक दलाल सरकारले आफ्नो पार्टीमाथि दमन गर्ने उद्देश्यले सोलुखुम्बुमा आफ्नो पार्टीद्धारा प्रहरी चौकी आक्रमण गर्ने प्रचारबाजी गरेको र उक्त षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको बताएइएकाे छ । प्रवक्ताको विज्ञप्तिमा पूर्वी नेपालमा दमन गर्ने उद्देश्य अनुरूप झूट्टा समाचारप्र सारण गराइएको उल्लेख गरिएको छ ।
यस्ताे छ विज्ञप्तिकाे पूर्णपाठ…