१३ जना सवार भारतीय वायुसेनाको विमान बेपत्ता

खोजी कार्य तीब्र

एजेन्सी– असमको जोराहटबाट अरुणाञ्चलका लागि उडेको भारतीय वायु सेनाको एएन–३२ विमान बेपत्ता भएको छ। विमानमा चालक दलका आठ जना र अन्य यात्रु पाँचजना गरी १३ जना रहेको समचार संस्था एएनआईले जनाएको छ।

मध्यान्ह करिब १२ः२५ उडेको विमान अन्तिम पटक दिउँसो १ बजेसम्म सम्पर्कमा रहेको बताइएको छ। विमानको खोजीकार्य तिव्र पारिएको छ। तर हालसम्म विमानको बारेमा कुनै जानकारी प्राप्त भएको छैन।