आफ्ना नेता रिहा नगरेको भन्दै अखिल क्रान्तिकारी कास्कीद्धारा शैक्षिक हडतालको घोषणा

(विज्ञप्ती सहित)

कास्की, नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी) कास्कीले आफ्ना विद्यार्थी नेता लाई गिरफ्तार गरिएको भन्दै जेष्ठ २२ गते आम शैक्षिक हड्तालको घोषणा गरेको छ ।

अखिल (क्रान्तिकारी) कास्की जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य काजी गुरुङले शनिवार एक विज्ञप्ती जारी गर्दै संगठनका जिल्ला सचिब विश्वास थापा(पवन) लाई फरक राजनीतिक विचार र आस्था राखेकै आधारमा गिरफ्तार गरी मानशिक र शारिरिक यातना दिने, कोठामा खान तलासी गर्ने र झुट्टा मुद्धा लगाई पसाउने षड्यन्त्र गरिएको प्रति होर आपत्ती जनाउदै जेठ २२ गते जिल्लाव्यापी रुपमा आम शैक्षिक हडतालको आवहान गरेको छ ।

सबैखाले संघर्षका कार्यक्रमहरुमा विभिन्न स्तरबाट निरन्तर सहयोग र समर्थक गर्दै आउनु भएका आम बुद्धिजिवी, पत्रकार, सर्वसाधारण, युवा विद्यार्थी, सामुदायिक, निजी शिक्षण सस्था सञ्चालक र सम्पुर्ण सरोकारवाला पक्षहरुसंग सहयोग र ऐक्वबद्धताका लागि हार्दिक अपिल समेत गरिएको छ ।

जिल्ला सचीब थापा लाइ गत जेठ १२ गते आईतवारका दिन साथीको जन्मदिनमा गयर फर्कने क्रममा प्रहरीले गिरफ्तार गरेको थियो । गिरफ्तारी पश्चात संगठनले एक विज्ञप्ति निकाली २४ घण्टा भित्र आफ्ना विद्यार्थी नेता रिहा गर्न माग गरेको थियो ।
(हेर्नुहोस विज्ञप्ती)