कोठियाघाट पुलबाट खसेर एक जनाको मुत्यु

बर्दिया , बर्दिया जिल्लाको राजापुर स्थित कोठियाघाट पुलबाट खसेर एक जनाको मूत्यु भएको छ । राजापुर नगरपालिका वडा नं १० खैरेनी चन्दनपुर बस्ने बर्ष ४२ का कुखुर थारुको ज्यान गएको हाे ।

अाइतवार अाफना साथीहरू संग कोठियाघाट खोलामा माछा मार्न उनि पुलबाट तल खोलामा हेर्ने क्रममा लडेर उनी सिकिस्त घाइते भएका थिए ।

उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा ल्याईएको थियोे । अस्लताल पुर्याइएको केही बेरमै मूत्यु भएको अस्पतालले जनाएको छ ।

उनको टाउको , खुट्टा , मुखमा गहिरो चोट लागेको अस्पतालमा कार्यरत डा- बिनोद प्याकुरेल ले बताए ।

अस्पतालमा सुरक्षार्थ खटिएका प्रहरी जवान नवराज शर्माका अनुसार शोमवार पोष्टमार्टम गरि परिवारले अन्तिम संस्कारका लागि लग्ने बताउनु भयो । मृतकका छोरा बिनोद थारुका अनुसार उहाँको अन्तिम संस्कार अाफनै गाउँमा लगेर गरिने बताए ।