बाँकेमा बाँसको उत्प्रेरणात्मक कार्यक्रम

नेपालगन्ज, असल शासन क्लब बाँसको १३७ अौं उत्प्रेरणात्मक राष्ट्रिय सुचना अायोगका प्रमुख अायुक्त कृण्णहरि बास्कोटाको उपस्थितिमा सम्पन्न भएको छ ।

असल शासन क्लबद्वारा प्रत्येक हप्ता विशेष रुपमा सञ्चालन गरिने कार्यक्रम अाज अायुक्त बास्कोटाको उपस्थितिमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि बास्कोटाले बालबालिकालाई उत्प्रेरणत्मक प्रबचन दिएका थिए ।

नेपालगन्ज उपमहानगरपालिमा भएको कार्यक्रममा बासका केन्द्रीय निर्देशक नमस्कार शाहले कार्यक्रमको बारेमा उपस्थिति सबैलाई जानकारी गराएका थिए । बासले अाफनो उत्प्रेरणात्मक कार्यक्रम अागामी दिनहरूमा नेपाल कै चर्चित स्पिकर स्पष्ट वक्ता रमेश प्रसाईंलाई ल्याउने जानकारी समेत दिएको छ ।

साथै कार्यक्रम उडान नेपाल नामक संस्थाको हाजिरी जवाफ प्रतियोगितामा सहभागी भएर प्रथम द्वितीय र तृतीय हुनेहरुलाई प्रमुख अायुक्त बास्कोटा र उडान नेपाल कि संरक्षक अन्जु न्यौपानेले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेकि थिइन ।