बढ्यो कर्मचारीको तलब

काठमाडौं,सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६–०७७ को बजेट सार्वजनिक गर्दै कर्मचारीको तलब बढाइएको जानकारी दिएका हुन् ।

अर्थमन्त्रीका अनुसार साउत १ देखि लागू हुनेगरी राजपत्र अनन्तकृत श्रेणीका लागि २० र राजपत्र अंकित श्रेणीका कर्मचारीका लागि १८ प्रतिशत बृद्धि गरिएको छ। यस्तै पोसाक लगायतका भत्ता यथावत राखिएको छ ।