विप्लव नेकपाको वन्द,सुर्खेतमा यात्रुवहाक बसमा आगजनी

सुर्खेत, नेत्र विक्रम चन्द ‘विप्लब’ नेतूत्वको नेकपाका कार्यकर्ताले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमि बाट छिन्चु तर्फ आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसलाई नेकपाका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्की आगजनी गरेका थिए । आगजनी बाट बस पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । बस जलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ ।

प्रहरीले भोजपुरमा नेकपाका कार्यकर्ता तिर्थ घिमिरे ‘राजु’ लाई दोहोरो मुडभेटको वहानामा गोली हानेर हत्या गरेको भन्दै विरोध स्वरुप बन्द आह्वान गरेको हो । हिजो देखीनै राजधानी काठमाण्डौ लगायत देशका बिभिन्न स्थानमा बम बिस्पोट हुनुका साथै चार जनाको मूत्यु हुनुका साथै कैयौ घाईते भएका छन । यसैबीच प्रहरीले राजधानी लगायत देशभरको सुरक्षा व्यवस्था कडा बनाइएको दाबी गरेको छ ।