अछाममा भिषण आगलागी वडा अध्यक्षको घर सहित ७ वटा घर जलेर नष्ट, करोडौँको क्षति

अछाम, अछाममा आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन् । शुक्रबार बेलुका गहुँगडामा नल पोल्नका लागी बालिएको आगो हावाले उडाएपछि जिल्लाको ढकारी गाउँपालिका– ४ बलातामा आगलागी भएको र सो क्रममा ७ घर जलेर नष्ट भएका हुन् !

आगलागीबाट वडाअध्यक्ष भक्तबहादुर बुढा, ईन्द्र बुढा, मीनबहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढा लगायतका घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

आगलागीबाट करोडौँको क्षति भएको र गोठमा बाँधिएका बाख्रा र गाई पनि मरेको ढकारी–४ का वडाध्यक्ष भक्तबहादुर बुढाले बताए । तर क्षतिको एकिन विवरण भने आएको छैन् । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।