कोहलपुरको विच वजारमै भयानक दुर्घटनामा, एक जनाको मूत्यु : एक गम्भिर घाईते

कोहलपुर, बाँकेको कोहलपुरमा भयानक सवारी दुर्घटना भएको छ । कोहलपुर नगरपालिकाको विच वजारमा रहेको प्रमुख चोक मध्येको एक साझा चोकमा विहीबार भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको हाे ।  भने एक गम्भिर घाइते भएका छन् ।

नेपालगन्जदेखी कोहलपुर तर्फ आउँदै गरेको भे १ त ६४६९ नम्बरको ट्रयाक्टर र कोहलपुर बाट नेपालगन्ज तर्फ जांदै गरेको भे ४ प ७३२९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालक कोहलपुर ८ का ६० बर्षीय खड्क बहादुर घर्ती मगरको घटनास्थलमै मूत्यु भएको छ ।

मोटरसाईकलको पछाडी बसेकी ५५ बर्षीया श्यामकला घर्ती भने गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

घाईतेको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार सम्भव नभएपछी चिकित्सकहरुले भारतको लखनउ रेफर गरेका छन ।चिकित्सकहरुको सल्लाहमा भारतको लखनउ रेफर गरिएको छ ।