संयुक्त प्रतिपक्ष विद्यार्थी संगठन कास्कीले गर्याे यस्तो निर्णय

विप्लब नेकपा माथिको प्रतिवन्ध हटाउन माग

कास्की, कास्की जिल्लाका विभिन्न तिन अोटा प्रतिपक्ष विद्यार्थी संगठनहरुको वैठक सम्पन्न भएको छ । वैठकले एक विज्ञप्ती जारी गरी वर्तमान शैक्षिक र राजनितीक विषयहरु माथीको आफ्नो महत्वपूर्ण धारणाहरु सार्वजनिक गरेको छ ।

जिल्लामा क्रियासिल तिन अोटा संयुक्त प्रतिपक्ष विद्यार्थी संगठनहरु अखिल (छैठौ) का अध्यक्ष दानु सारु, अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष राजन पौडेल र अखिल (क्रान्तिकारी)का उपाध्यक्ष आस्था नेपालीले संयुक्त विज्ञप्ती जारी गर्दै विप्लब नेतूत्वको नेकपा माथिको प्रतिवन्ध लोकतान्त्रिक मुल्य मान्यता विरुद्ध भएकोले तत्काल फिर्ता गरी राजनितीक तवरले समाधान गर्न समेत माग गरेको छ ।

साथै, नियमानुसार दिनु पर्ने १० प्रतिशत छात्रवृत्तिको गम्भीरतापूर्वक छानबिन गर्नु पर्ने, निजी विद्यालयले महानगरमा पेश गरेको शुल्क वुद्धीको प्रस्ताव तत्काल खारेज गर्नु पर्ने, सामुदायिक विद्यालयले माध्यमिक तह सम्म निशुल्क शिक्षाको व्यावस्था कडाईका साथ लागु गर्न आग्रह गरिएको छ ।