गाउँपालिकाको मूल ढोकामै बम भेटिएपछी……

बझाङ, बझाङको छबिसपाथिभरा गाउँपालिकाको मूल ढोकामा बम फेला परेकाे छ । मंगलबार बिहान ९ बजे तिरको समयमा कार्यालयको ढोकामै बम फेला परेको स्थानीय कर्ण धामीले बताए ।

बम कसले र किन राखेको हो भन्नेबारे अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव निरिक्षक (डिएसपी) सूर्यबहादुर केसीले बताए ।

बम रहेको स्थानमा एक प्रहरी टोलीले अनुसन्धान गरिरहेको र नेपाली सेनाको बम डिस्पोजल टोली पनि त्यसतर्फ गएको डिएसपी केसीले बताए ।