आफना नेता शाहीलाई रिहा नगरे कडा संघर्षमा उत्रिने अखिल क्रान्तिकारी जाजरकोटको चेतावनी
जाजरकाेट, नेत्रबिक्रम चन्द बिप्लव निकट भातृ संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले काठमाडौँबाट गिरफ्तार गरिएका संगठनका केन्द्रिय सदस्य प्रेम शाहीलाई तत्काल रिहा नगरे संघर्षमा उत्रिने चेतावनि दिएकाे छ ।
आज एक बिज्ञप्ती जारी गर्दै अखिल (क्रान्तिकारी )जाजरकोटले केन्द्रिय सदस्य शाहीलाई तत्काल रिहाइ नगरे कडा संघर्षमा उत्रिने चेतावनि दिएकाे हो ।
अखिल (क्रान्तिकारी) जाजरकोटका अध्यक्ष धनजित बिकद्धारा जारी बिज्ञप्तीमा भनिएको छ शाहीकालीन झल्को दिने गरी गैरन्यायीक ढंगले गिरफतारी गरिएको छ यसप्रति हाम्रो संगठन घोर भ्रत्सना गर्दछ ।
अध्यक्ष बिकद्धारा लिखित बिज्ञप्तीमा सहज ढंगले तत्काल नछोडे संगठन कडा ढंगले प्रस्तुत हुने बताइएको छ ।
अखिल क्रान्तिकारका केन्द्रिय सदस्य रहेका शाहीलाई बुधबार काठमाडौँ संयुक्त बिद्यार्थीको कार्यक्रम स्थलबाट पक्राउ गरिएको थियो ।
यस्ताे छ बिज्ञप्ति