बजेटमा अनावश्यकका फुलबुट्टा नभर्न सांसद नेपालीको आग्रह

काठमाडाैँ, नेपाली काँग्रेसकी प्रदेश नं ३ कि सांसद कल्पना नेपालीले बजेटलाई अनाबश्यक फुलबट्टा दिएर सिंगार्नु भन्दा कार्यान्वयनमा जोड दिनु पर्ने बताएकी छन । आज सांसदमा आउदै गरेको बजेटमाथी आफ्नो धारणा राख्दै नेपालीले धेरै फुलबुट्टा नभर्न सुझाइन ।

फाेटाे फाइल

रेडिमेट फुलबुटाले जनतालाई झुकाउने भन्दै उनले राजस्व प्रणालीको विकास, करको दायरा विस्तार र राजस्व चुहावटलाई राेक्नुपर्नेमा जाेड दिइन । सांसद नेपालीले बिधेयकको सिद्धान्त र प्राथमिकतामा ध्यान दिएपनि कर छुट र सरलिकरणमा ध्यान नपुगेको बताइन ।

नेपालीले भनिन कृत्रिम मूल्यवृद्धि, सिण्डिकेट, गुणस्तरहिनता र भ्रमपूर्ण विज्ञापन नाप तौल ठगीलाई कडाईका साथ नियन्त्रण गर्ने विषयलाई प्राथमिकतामा राखेको पाईयो, यसलाई प्रभावकारी कार्यान्वयनमा जोड दिनु जरूरी छ ।