अज्ञात समूहद्भारा मंगलसेन नगरपालिकामा शक्तिशाली वम बिस्फोट

कार्यालय र गाडीमा क्षति

अछाम, अछाम जिल्लाको सदरमुकाम मंगलशेन स्थित नगरपालिको कार्यालयमा मध्यराती अज्ञात समुहले वम बिस्फाेट गराउनुको साथै गाडिमा आगजनी गरेका छन् ।

नगरपालिका कार्यालयमा रोकि राखेको बा २ झ ३६९४ नम्बरको गाडीमा आगजनी गरेका हुन ।

राती करिब २:०० बजेको समयमा एक्काशी एउटा ठुलो आवाज आएको  र कार्यालयमा आगलागी भएको स्थानिय वासीले वताएका छन् ।

घटना कस्ले र किन गराएको हो भन्ने कुरा अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख जनक वहादुर शाहीले घटनामा संगलग्नको खोजी भैराखेको वताए ।

जिल्ला सदरमुकाम मंगलसैनस्थित नगरपालिका परिसरमा राति गाडीमा आगजनी भएको खबर बजारबासीले प्रहरीलाई गरेका थिए ।

प्रहरी घटनास्थलमा आइपुग्दासम्म गाडी जलिरहेको थियो । प्रहरीले आगो नियन्त्रणमा ल्याउँदासम्म गाडी जलेर नष्ट भइसकेको बताइएको छ । गाडीमा लागेको आगोका कारण नगरपालिकाका कार्यालयमा पनि सामान्य क्षति पुगेको बताइएको छ ।

जिल्लाको विच विजारमा अवस्थित नगरपालिकाको कार्यालयमा यस्तो घटना घटदा सर्वसाधारणमा त्रासको वातावरण शिर्जना भएको बताइएकाे छ ।

घटना स्थलवाट वडा प्रहरी कार्यालय लगभग १५० मिटरको दुरीमा अवस्थित छ ।